मूल खबर

प्रजातन्त्र अनुदान होइनः पूर्वराजा

काठमाडौँ
पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन्।

‘प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान होइन,’ उनले भनेका छन्, ‘त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो। अरूले ओढाइ दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन। जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन।’

उनका अनुसार आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन। ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतःस्फूर्त एवं लोकसम्मत हुन्छ र हु्नुपर्दछ,’ उनको वक्तव्यमा छ, ‘अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न छ।’

राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो हुने बताउँदै उनको वक्तव्यमा लेखिएको छ, ‘न त्यो कसैको सुरक्षा कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ। राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैं एक रहिआएका छन्, रहिरहनेछन्।’ उनले अगाडि लेखेका छन्, ‘प्रजातन्त्रकानाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ।

यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छभन्नेबारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button