
बिर्तामोड ।
नेकपा ( एकीकृत समाजवादी) बिर्तामोड ७ को वडा भेलाले३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । बिर्तामोड नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाका अनुसार अनिता पौडेल( खत्री)को अध्यक्ष रहेको सो कमिटीमा उपाध्यक्षहरु महानन्द भण्डारी , महेश मालपाँडे , गँगा कार्की रहेकाछन भने सचिवमा उर्मिला खरेल ,उपसचिव कल्पना भट्टराई छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज पुष्पराज पोख्रेल रहेका थिए भने कार्यक्रमका वक्ताहरुमा प्रदेश कमिटी सदस्य विमल उप्रेती , समाजवादी प्रेस सँगठन केन्द्रीय उपाध्यक्ष तिर्थ सिग्देल, जिल्ला सदस्य श्री मिश्र ,वडा नम्बर २ अध्यक्ष लभराज सिलवाल लगायतका थिए । भएको । कार्यक्रमको अध्यक्षता विर्तामोड नगरका अध्यक्ष श्रीप्रसाद सिटौलाले गरेका थिए । उक्त कार्यक्रमको संचालन नगर सचिव कृष्ण विष्टले गरेका थिए । कार्यक्रममा झापा विद्रोहका नेता कुल प्रसाद चाम्लिङ र शँकर लालाई खादा ओडाएर सम्मान समेत गरिएको थियोे ।




