खेलकुद

बार्सिलोनालाई गालाटासारे प्रतिद्धन्द्धी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा टर्किस क्लब गालाटासारे प्रतिद्धन्द्धी पाएको छ । शुक्रबार निकालिएको ‘ड्र’ मा बार्सिलोनाले टर्किस क्लब गालाटासारे प्रतिद्धन्द्धी पाएको हो ।

युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले अन्तिम ३२ को प्ले अफमा इटालियन क्लब नेपोलीलाई समग्रमा ५–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

यस्तै पोर्चुगिज क्लब पोर्टाेले प्रि–क्वाटरफाइनलमा फ्रान्सेली क्लब लियोनसँग तथा इटालियन क्लब एटलान्टाले जर्मन क्लब बायर लिभरकुसनसँग खेल्नेछ । इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले स्पेनिस क्लब सेभियासँग तथा स्कटिस रेन्जर्सले रेड स्टार प्रतिद्धन्द्धी पाएको छ ।

युरोपा लिगको पहिलो लेगका खेलहरु मार्च ९ र १० मा तथा दोस्रो लेगका खेलहरु त्यसको एक सातापछि हुनेछ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button