मूल खबर

इन्धनको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १५५, नेपाल आयल निगमको घाटा अझै उकासिएन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ बढाएको हो।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र (अन्तर्राष्ट्रिय) तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

यो मूल्य वृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फको मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ।

सधैं घाटा भैरहेको बताउँदै आएको निगमलाई यो मूल्य बृद्धिले पनि उकास्न नसक्ने भएको छ । किनकी यो मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ। सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ।

आइओसीलाई भुक्तानी गर्न अपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएका छन ।

यस्तो छ निगमको सूचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button