
मेचीनगर । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठनेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पार्टी कार्यालय उद्घाटन गर्न भोली झापामा आउने भएका छन्। नेकपा(एकीकृत समाजवादी)मेचीनगरका सचिव हरि तिम्सिनाका अनुसार खनाल झापाको मेचीनगर कमिटिको कार्यालय उद्घाटन गर्न झापामा आउने कार्यक्रम रहेको छ ।
मंगलबार विहान ९ बजे चन्द्रगढी आउने कार्यक्रम रहेको तिम्सिनाले चौतारी पोष्ट अनलाइनलाई बताए । झापा आएर खनाल दिउँसो १२ बजे इलामको रोङ गाउँपालिकामा एकीकृत समाजवादीको पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी रहेको उनले बताए ।



