खबर

एमालेले गण्डकी र लुम्बिनीका सांसदलाई टिकट नदिने

घोषणापत्र सार्वजनिक आज, महानगर र उपमहानगरको उम्मेद्वार घोषणा भोलि

काठमाडौं ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावनालाई मध्यनजर गरी एमालले स्थानीय निर्वाचनमा ती प्रदेशका उम्मेद्वार नबनाउने निर्णय गरेको हो ।

एमालेको बिहीबार बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो । उपमहासचिव गुरुङले जानकारी दिएअनुसार आज शुक्रबार स्थानीय निर्वाचन २०७९ को लागि घोषणापत्र सार्वजनिक गरिँदै छ भने भोलि शनिबार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको लागि प्रमुख र उपप्रमुखको उम्मेद्वार घोषणा गरिँदै छ ।

उपमहासचिव गुरुङले भन्नुभयो – ‘सातवटै प्रदेशबाट सिफारिस भएर आएको उम्मेद्वारको बारेमा पार्टी केन्द्रीय कार्यालयले छलफल गरिरहेको छ । ललितपुर, भरतपुर र वीरगन्ज महानगरपालिकामा प्रमुखको लागि एक जनाको मात्र नाम सिफारिस भएर आए पनि अन्य महानगर र उपमहानगरपालिकाका लागि धैरै जनाको नाम सिफारिस भएर आएको छ ।’ गुरुङले शुक्रबार पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी कार्यालय स्थापनाको उद्घाटन गर्दै एमालेले १७ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी पनि दिनुभयो ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button