
काँकरभिट्टा । आसन्न स्थानीयतहको निर्वाचनमा सम्मानजनक गठबन्धन नभए मेचीनगरमा नेकपा(एकीकृत समाजवादी)एक्लै निर्वाचनमा होमिने भएको छ। नेकपा(एकीकृत समाजवादी) मेचीनगरको विस्तारित बैठकले सो निणर्य गरेको नगर कमिटीका सचिव हरि तिम्सिनाले चौतारी पोष्ट अनलाइनलाई बताए ।
आज बसेको मेचीनगरका नेकपा(एस)को विस्तारित भेलामा सहभागी कार्यकर्ताहरुले सो सुझाव दिएको र नगर कमिटीले कार्यकर्ताहरुको भावना अनुसार निणर्य गर्ने उनले बताए । बैठकमा सहभागी कार्यकर्ताहरुले दिएको सुझाव अनुसार पार्टीले मेचीनगरमा मेयर र उपमेयर सहित पन्ध्रैवटा वडामा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार उठाउने तिम्सिनाले बताए ।नेपाली काङ्ग्रेस र माओबादीले गठबन्धनको राजनीतिक महत्वलाई नजरान्दाज गरेको ठहर आजको विस्तारित बैठकले गरेको समेत उनले बताए । हारजितको अंकगणितमा अल्झेर प्रतिगमनलाई फाइदा पुग्ने काम गरेको निश्कर्ष बैठकले गरेको छ तिम्सिनाले भने अंक गणीतको हिसाबले मात्रै हुदैन यो निर्वाचन भनेको प्रतिगमनका बिरोधी र प्रतिगमनका पक्षधरु बीचको विषय हो । अझै पनि वार्ता र संवादको ढोका बन्द नभएपनी गठबन्धन हुने कुरामा शंका रहेको तिम्सिनाले बताए ।सम्मानजनका गठबन्धनको पक्षमा आफ्नो पार्टी रहेको भए पनि नेपाली काँग्रेस र माओवादी अंक गणीतमा मात्र अलमल परेको समेत उनको आरोप छ । प्राप्त जानकारी अनुसार मेचीनगरमा नेकपा (एस)ले आफ्ना सबै उम्मेद्वारहरु छनौट गरिसकेको समेत बुझिएको छ ।



