
एजेन्सी – रोमामाथि सहज जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । घरेलु मैदानमा रोमालाई ३–१ ले पराजित गरेपछि इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लोउटारो मार्टिनेजले गोल गरे । रोमाका हेनरिक मिखटरयानले एक गोल फर्काए ।
मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लोउटारो मार्टिनेजले गोल गरे । रोमाका हेनरिक मिखटरयानले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा डेन्जेल डम्फ्रेजको गोलबाट इन्टरले सुरुवाती अग्रता लिन सफल भयो । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।
४०औं मिनेटमा मार्सेलो ब्रोजोभिकले इभान पेरिसिसको पासमा गोल गर्दै इन्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५२औं मिनेटमा लोउटारो मार्टिनेजले हकान चलहानो ग्लुको पासमा गोल गर्दै इन्टर मिलानको जित पक्का गरे ।
इन्टर मिलानको जितले इटालियन सिरी ‘ए’ को उपाधि होड थप रोमाञ्चक बनेको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरको ३३ खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाटै मिलानको ७१ अंक छ । अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी छ ।हाम्रो खेलकुदबाट ।



