
एजेन्सी – युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई पन्छाएको भिल्लारियलमाथि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।
लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २–० को सहज जित हात पारेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा साडियो मानेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई पन्छाएको प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलबाट पन्छाएको भिल्लारियलले लिभरपुलविरुद्ध भने सोचेअनुरुपको खेल पस्कन नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो ।
यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा यो सिजन चार उपाधि जित्ने आशा पनि जीवितै राखेको छ । लिभरपुलले लिग कपको उपाधि जित्दा च्याम्पियन्स लिगसँगै एफए कप र प्रिमियर लिगको उपाधि दौडमा रहेको छ ।
अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके लिभरपुल फाइनलमा पुग्नेछ । भिल्लारयललाई फाइनल पुग्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा पनि ३–० को जितको खाँचो छ । दोस्रो लेग भिल्लारियलको मैदानमा अर्काे साता हुनेछ ।हाम्रो खेलकुदबाट ।



