मूल खबर

निर्वाचन परिचालन समितिको संयोजकमा शुभद्रा

मेचीनगर । आउँदो स्थानीय तहको निर्वाचनमा नेकपा(एकीकृत समाजवादी)मेचीनगरको निर्वाचनल परिचालन समिति शुभद्रा भट्टराई(अर्याल)को संयोजकत्वमा गठन भएको छ । नेकपा(एस) मेचीनगरका सचिव हरि तिम्सिनाका अनुसार पार्टीको प्रदेश कमिटीदेखि नगरकमिटी सम्मका पदाधिकारीहरु सो समितिमा रहेकाछन् । आज बसेको नेकपा(एकीकृत समाजवादी)मेचीनगर कमिटीको बैठकले सो निणर्य गरेको तिम्सिनाले बताए । उनका अनुसार निर्वाचन परिचालनका लागि विभिन्न समिति गठन भएको पनि उनले जानकारी दिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगरमा नेकपा(एस) एक्लै चुनावी मैदानमा जाने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button