मूल खबर

मेचीनगरमा वडा नं १ बाट सुरु भयो गठबन्धनको घरदैलो

मेचीनगर । मेचीनगरमा गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

मेचीनगर-१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए ।

आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्रबहादुर बुढथोकी र उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारीसहित वडा अध्यक्ष र सदस्यका उम्मेद्वारहरुले सामुहिक रुपमा पूजा गरेर चुनावी घरदैलो अभियान सुरु भएको हो ।

मेचीनगर वडा नं. १ को कृष्ण थुम्की र देवीगञ्जमा उम्मेद्वार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको नेकपा माओवादीका नगर अध्यक्ष राजन चिमरियाले जानकारी दिए । त्यस्तै, मेचीनगर-४ का विभिन्न स्थानहरुमा समेत उम्मेद्वारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button