विचार

बैशाख ३० अग्रगमनको आँधीले प्रतिगमनका पत्तकर सफा गर्ने दिन पनि हो !


बैशाख ३० गतेको यसपाली आफ्नै महत्व रहेको छ । मूलतः बैशाख ३० गते स्थानीय तहमा स्थानीय जनताको भाग्य र भविष्यको निर्धारण आफैले गर्ने दिन पनि हो ।बैशाख ३० गते जनताका असल जनप्रतिनिधि छान्ने दिन पनि हो अनि यो सँगसँगै बैशाख ३० सयौँ शहीदको रगतसँग साटिएको लोकतन्त्र र संविधान माथि निर्मम हमला बोल्ने प्रतिगमनका मुखियाहरुलाई जनताले जनदण्ड दिने दिन पनि हो । बैशाख ३० गते जनताको जनमत माथि दिल्लगी गर्नेहरुलाई जनताले सजाय गर्ने पनि दिन हो । स्वभावैल योे निर्वाचनमा जनप्रतिनिधि कस्तो छान्ने र चुन्ने कसलाई र कस्तालाई बनाउने भन्ने मताधिकारको प्रयोग हुन्छनै ।तर, यसपटकको स्थानीय निर्वाचन निर्वाचनका लागि मात्र नभएर जनताको मतलाई यस अघि गरेको अपमानको पाठ सिकाउने समय पनि हो । जनताको मतको महत्व केहो भनेर जनमतको अपमान गर्नेहरुलाई एक पटक जनमत केहो भनेर हामीले सिकाउनै पर्छ ।

आफ्नो गोजीको सुकमेल निकालेर चपाए जस्तो गरेर हिजोका दिनमा संविधान माथि नै प्रहार गर्ने दुस्साहास गरेर जनताको विश्वास माथि ठट्टा गर्नेहरुलाई स्थानीय निर्वाचन मार्फत जनताले जनमत भनेको केहो भनेर सन्देश दिनै पर्छ ।जनता भनेको भोट हाल्ने मेसिन हुन् भन्ने अहंकार र मैमत्तको भारी बोक्नेहरुलाई फेरिका दिनमा जनमत माथि धावा बोल्नु भनेको साच्चै निर्मम राजनीतिक सजाय रहेछ भनेर यो स्थानीय तहको निर्वाचन मार्फत हामी जनताले पाठ पढाउने मौका हो । बैशाख ३० गते हामीले हाम्रा भन्दा राम्रा अनि राम्रामा पनि असल र सक्षम जनप्रतिनिधि त छान्नु नै छ यसले मात्र हाम्रो जिम्मेवारी पुरा पक्कै हुदैन समग्र लोकतान्त्रिक व्यवस्थाप्रति प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अरुची देखाउनेहरुलाई नेपाली जनता सधै लोकतन्त्र र जनअधिकारमा विश्वास गर्छ भनेर जनसन्देश दिन पनि बैशाख ३० गते हामीले मतदान गर्न अगाडि सोच्नु पर्छ ।
हिजोका दिनमा हामीले भोगेका छौँ अनि चेतेका पनि छौँ कि हामीले दिएको मत माथि यो वा त्यो का नाममा कसरी घात गरियो । जसले लोकतन्त्रका लागि जिवन उत्सर्ग गरे, जसले जनअधिकारका लागि रगत बगाए अनि जो नेपाली जनताको मुक्तिका लागि अपाङ्ग बनेर आजका दिनमा पनि छट्पटाई रहेकाछन् यो जिवन्त दृश्य हाम्रा आँखामा अहिले पनि नाची रहेको छ ।र, हामीले पटक्कै अलमल गर्नु हुदैन रगत सँग साटिएको गणतन्त्र नेपाललाई मनदेखि नै मन नपराउनेहरु पनि अहिले प्रलोभनका गुलिया भाषा बोकेर सबै भन्दा ठूलो स्वरमा कराउँदैछन् । आज फेरि हामीले चिप्ला, मिठा र भा्रमक प्रचारको क्षणिक मन पर्ने रङ्गीन कुरामा होईन लोकतन्त्र र सच्चा लोकतन्त्रका पक्षधरहरुको पक्षमा उभिन ढिला गर्नु हुदैन ।

म यो लेखमा किटान गर्दीन कि कसले जनमतको हिजाका दिनमा धज्जी उडायो भनेर, म यो लेखमा यो भन्दिन कि कसले हिजो जनताको जनमतलाई अपमान ग¥यो भनेर म यति मात्र भन्छु अब जनता आफैले विगतलाई संझेर वर्तमानमा के गर्ने भनेर निणर्य गर्ने हो । कुनै कुरो लुकेको र छिपेको छैन हिजो कसले जनमतलाई ठट्टा ग¥यो भनेर जनता आफै सचेत र जागरुकछन् कि आफ्नो मत माथि तुषारो ओढाउने को हो भनेर ? जनविश्वासलाई उपेक्षा गर्ने को हो भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button