विचार

मतदान मात्र होईन निर्वाचनमा आत्मियता र सदभाव पनि प्रकट गरौँ !

बैशाख ३० गते आउन अब धेरै दिन छैन । स्थानीय तहको निर्वाचन अर्थात स्थानीय सरकारमा जनताको उल्लेख्य सहभागिता रहन सकोस भन्ने लोकतान्त्रिक मान्यताकै आधारमा हामी बैशाख ३० गतेको प्रतिक्षामा छौँ । अहिले हामी आफु निकट राजनीतिक दल वा उम्मेदवारको पक्षमा आफ्ना तर्कहरु पेश गरिरहेका छौँ । जनताले गरेको मतदानका आधारमा हाम्रा जनप्रतिनिधिहरु चुनिनेछन् । झट्ट संझदा कताकता हामी जित र हारको औडाहमा पनि परेकाछौँ। तर, जसले जिते पनि उहाँहरु हाम्रा जनप्रतिनिधिहरु नै बन्नु हुन्छ ।

निर्वाचनमा हार्नेको होस या जित्नेको पक्षमा परेका मतहरु पनि हामी जनताकै मत हुन् । आआफ्ना उम्मेदवारहरुलाई छान्ने हाम्रो लोकतान्त्रिक अधिकार पनि हो । निर्वाचनको प्रकृयामा आउनु भनेकै हार र जित स्विकार्नु हो यसर्थ कसैले मैले छानेको उम्मेदवारको जित भयो वा मेरो उम्मेदवारले हा¥यो भनेर हौसने र निराश बन्नु पर्दैन किनकी हार्नेको मत र जित्नेको मत पनि जनताकै मत हो र यो आफैमा लोकतान्त्रिक पद्धति पनि हो । हार भएन भने जित हुदैन र जित भएन भने हार पनि हुदैन । यसर्थ हार्ने र जित्ने दुवैले जनमतको सम्मान गर्नु पर्छ ।र, जित्नेलाई बधाई र हार्नेलाई हौसला दिन हामीले लोभ गर्नु हुदैन ।हामी बैशाख ३० गते हाम्रा स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि मतदानको प्रतिक्षामा रहेकाछौँ ।

जसले जितेर जानु हुन्छ उहाँहरुनै हाम्रा जनप्रतिनिधि हुन हामीले मत दिएका हुन् या मत नदिएका हुन् । हामी सबैको चाहाना भनेको हाम्रा जनप्रतिनिधि जनसेवक बनेर काम गरुन् भन्ने नै हो । भोलीका दिनमा अर्थात निर्वाचन पश्चात हामी सबैका जनप्रतिनिधि बन्न उहाँहरुले सक्नु पर्छ । यसका अलवा हामी सबैले उहाँहरुलाई आ आफ्नोतर्फबाट साथ र सहयोग दिन पनि तयार रहनु र्छ चाहे आफ्नो पार्टीबाट उठेको उम्मेदवार होस या अर्को पार्टीको उम्मेदवार होस । निर्वाचनको समय अवधिमा मात्र उहाँहरु कुनै दलको उम्मेदवार हो निर्वाचन पछि भनेको सबैको जनप्रतिनिधि हो ।

हामी अहिले लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो पटक हुन गईरहेको स्थानीय तहको निर्वाचनको निकट छौँ । यो निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि हामी सबैको दायित्व र कर्तब्र्य पनि हुन जान्छ । हाम्रा राजनीतिक र वैचारिक पक्ष र मान्यताहरु आ आफ्नै होलान ।तर, समग्र लोकतन्त्रको संस्थागत विकासका लागि हामी मतदाताहरुले पनि यो निर्वाचनमा मतदानका साथै शान्ति, सदभाव, आत्मियताका साथ निर्वाचन सम्पन्न गर्नका लागि अन्तरमनबाटै तत्परता देखाउनु पर्छ ।र, निर्वाचनलाई सफल बनाउन एक ढिक्का बनेर लाग्नु आजको आवाश्यकता पनि हो । यसर्थ बैशाख ३० गते हामी मतदान गर्न त जान्छौँ नै यसका साथै यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आत्मियता र सदभाव पनि प्रकट गरौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button