मूल खबर

झापाको मेचीनगरपालिकामा –७, ९ र १० नेकपा(एमाले), ६ र ८ मा नेपाली कांग्रेसको अग्रता

मेचीनगर । झापाको मेचीनगरपालिकामा –६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना भइरहदा नेकपा(एमाले)ले तीन वडा र नेपाली काँग्रेसले २ वटा वडामा अग्रता बढाउँदै लगेको छ ।
आइतबार बेलुका ६ः३० वजे सम्मको नतिजा अनुसार वडा नम्बर ६ मा ५६३८ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङले २९९४ मतका साथ अग्रता लिएका हुन् ।

एमालेका बालकृष्ण थापाले १७११ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको १२८३ मतको फरक छ ।

त्यस्तै वडा नम्बर ७ मा २१८८ को मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलादमणि ओलीले ६८४ मतले अग्रता र गठबन्धनको कांग्रेसका राजकुमार राजबंशीले ६१८ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा एमालेको ६६ मतको फरक छ ।

त्यसैगरी वडा नम्बर ८ मा २१५८ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमलाले ११२८ मतका साथ अग्रता लिएका छन् । एमालेका विकेन्द्र धिमालले ६४९ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ४७९ मतको फरक रहेको छ ।

त्यसैगरी वडा नम्बर ९ मा १९९३ को मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार कञ्चन तामाङले ११०७ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका उद्वव बानियाँले ५८५ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा एमालेको ५२२ मतको फरक रहेको छ ।

यस्तै वडा नम्बर १० मा ३०२२ को मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार नारायण खनालले ११७२ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका इन्द्र लिम्बुले ११२० मत प्राप्त गरेका छन् । वडाध्यक्षमा एमालेको ५२ मतको फरक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button