
मेचीनगर । विश्व पर्यावरण दिवसको अवसरमा मेचीनगर ६ स्थित कालीखोला आसपासको क्षेत्रमा आज सरसफाई गरिएको छ ।
पातालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्रको आयोजनामा सरसफाई गरिएको संस्थाका अध्यक्ष ओमप्रकाश खापुङ्गले बताए ।‘स्थानीय पूर्वाधार पर्यटनको आधार’भन्ने नारालाई सफल बनाउन समेत आयोजना गरिएको सो कार्यक्रममा प्रदेस नं १ का प्रदेस सभा सदस्य श्रीप्रसाद मैनाली,मेचीनगरका निवर्तमान मेयर बिमल आचार्य, मेचीनगर नगरपालिका वडा नं ६का जनप्रतिनिधि तथा स्थानीय प्रहरी प्रशासन, विभिन्न पेशा र व्यवसायमा आबद्ध संस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको अध्यक्ष खापुङ्गले चौतारी पोष्ट अनलाइनलाई बताए ।







