
एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो ।
कार्डिफमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गाल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफको अन्त्यतिर दुई गोल सम्भव हुँदा डच टोलीले बाजी मार्दै लगातार दोस्रो जित निकाल्न सफल भयो ।
५०औं मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले जेर्डी स्काउटेनको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि डच टोली जिततर्फ अग्रसर रहँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काए । इन्ज्युरी समयकै थप गरिएको चौथो मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै टोलीको जित पक्का गरे ।
यो जितसँगै अपराजित रहेको नेदरल्यान्ड्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहँदा बेल्जियम दोस्रो तथा पोल्यान्ड तेस्रो स्थानमा रहेको छ । वेल्सले अंकको खाता खोल्न सकेको छैन ।हाम्रो खेलकुदबाट ।



