
खबरमा आउने असारको १ गतेबाट खोलो खन्न नपाईने कुरो सुनियो । पहिला पनि बर्खा लागेपछि यस्तै जस्तो कस्तो गरिन्थ्यो । धेरै दिन खन्न दिएर थोरै दिन खन्न नदिनु पनि राम्रै कुरा हो किनभने फेरि खन्नलाई पनि ठाम चाहिन्छ ।जे भनेनी बर्खामा खोलो खन्न दिएन भने छेउछाउका ठाउँको रख्खे हुन्छ। तर, पोरपरारको खोलोको कुरो पनि यति बेला बन्द भए जस्तो छ ।खोलामा ढुङ्गा पनि हुन्छ, ढुङ्गासँग गिट्टी, बालुुवा पनि हुन्छ अझ ठिक्का लागेको छ भने त रसिद पनि हुन्छ । पोरपरार यताकता हो खोलाको कुराले निक्कै गफ पाएको थियो । निक्कै दिन सम्म निक्कै गफ पनि भयो पछि कता ईटरी तिर सम्म गफ पुगो अरे भन्ने पनि सुनियो । अहिले सुनिदै छ खोलाको सप्पै गफ उतै ईटरी तिर नै चल्दैछ अरे । पोरको खोलाको कुरो यसपालि सम्म रहनु पनि राम्रो होईन । गफ त एक चोटीलाई पो हुन्छ त किनभुने गफ भनेको गफनै हो । ठूलो होस कि सानो होस,मुईले त भनेको पुनि थिएँ यो गफ अफ गफमै सकिन्छ भनेर कतिले त मेरो गफलाई पनि गफनै भन्थे तर यसपालिको खोलो बन्द गर्ने दिन सम्म आउँदा पनि पहिलाको खोलाको गफ अलिकति पनि चलेन ।ठिकै पनि हो कुरो ठुलो पनि थिएन त्यही कति लाख जतिको थियो ।जे होस यसपालिको खोलो बन्द दिन सम्म आउँदा पनि पोरको खोलो गफ गफमै सकिएछ ।अब नयाँ काम गर्नु पर्छ किनकी पुरानो गफलाई सधै गफ बनाउनु राम्रो होईन ।



