मूल खबर

भारत पश्चिम बंगालमा रेलको ठक्करबाट झापा काँकरभिट्टाका बिजय श्रेष्ठको मृत्यु

काँकरभिट्टा । झापा काँकरभिट्टाका विजय श्रेष्ठको भारतकोे पश्चिम बंगाल स्थितपानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी श्रेष्ठको विहीबार राति ७ वजेर ३० मिनेट जाँदा पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु बुझिएको छ ।

रेलको लिकमा हिडिरहेका बेला तीव्र गतिमा आएको रेलले ठक्कर दिदाँ श्रेष्ठको मृत्यु भएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

घटनाका बारेमा नेपाल प्रहरीले मृतकका परिवारलाई जानकारी गराएको छ ।शवलाई रेल्वेको कानुनी प्रक्रिया पुरा गरेर शुक्रबार घर ल्याइने बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button