मूल खबर

झापाको गौरादहमा एमाले नेता हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

गौरादह । झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ । नेकपा (एमाले)का नेता हिक्मत कार्कीको घर अगाडि सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

कार्कीले आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । उनले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको पनि बताएका छन् ।

यो खबर तयार गर्दा सम्म प्राप्त जानकारी अनुसार अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा सो वस्तु निष्क्रिय पार्ने तयारी भइरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button