
निरोज तोलाङे, ललितपुर । गुणस्तरिय शिक्षा दिने नाममा अभिभावकसंग निजी स्कुलहरुले गैरकानूनी रुपमा मनपरी शुल्क असुलेको पाइएको छ ।
ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिशनरीहरुले संचालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले अभिभावकसँग विभिन्न बाहनामा मनपरी शुल्क लिने गरेको पाइएको हो ।
रातोपाटीन्यूज अनलाइनको टोलीले नीजी स्कूलले मनपरी शुल्क असुली गरिरहेको भन्ने सूचनाको आधारमा रिर्पोटीङ गर्न शुक्रवार विद्यार्थीका अभिभावकसँग बुझदा ख्रीष्टियन मिशनको नाममा स्थापित नख्खुको खीष्टियन मिशनरी स्कुल लिभिङ स्टोन एकेडेमीले विद्यालयको विभिन्न शिर्षकमा अभिभावकबाट मनपरी शुल्क असुल गर्दा अभिभावकहरु मर्कामा परेका छन् ।
विद्यालयले यद्यपी अनाथ, गरिब, निमुखा तथा जेहेन्दार विद्यार्थीहरुलाई केही सहुलियत दिएको छ भने यता अभिभावकसँग मनपरी शुल्क असुल गर्दा अभिभावहरु विद्यालय प्रशासनसँग रुष्ट छन् ।
आफूलाई प्रतिष्ठित दाबी गर्ने निजी विद्यालय सञ्चालकले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका–२०७२’ विपरीत विभिन्न बहाना बनाएर शुल्क लिएको अभिभावकहरुको दाबी छ।
खीष्टियनको नाममा सञ्चालित लिभिङ स्टोन एकेडेमीले विद्यार्थी भनादेखि मासिक शुल्कमा र विभिन्न शीर्षकमा शुल्क लिएर अभिभावकलाई ठगिरहेको छ,’ विद्यालयका एक अभिभावकले नाम नबताउने सर्तमा हामीलाई भने, ‘ ख्रीष्टियन आफैमा एक सामाजिक सेवा हो अहिले ख्रीष्टियनको नाममा स्थापित यो विद्यालयले मनपरी शुल्क असुली गरी अभिभावकलाई ठगी रहेको छ शिक्षा सम्बद्ध निकाय वेखवर छ ।’ अझ विद्यालयले नख्खु नजिकै आफैले संचालनमा ल्याएको स्टेश्नरी पसलमा चर्को मुल्यमा किताब र कापी किन्न लगाउछ, त्यस्तै लेखापालको दस्तखत विना र आधा टाइप भएको र आधार हस्तलिखित बिल पठाउँछ, स्कुल प्रशासनसँग यसबारे पटक पटक सम्पर्क गर्दा पनि सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ ।
मनपरी शुल्क असुल गरेको बारे विद्यालय प्रशासनसँग बुझन पटक पटक फोन सम्पर्क गर्दा पनि विद्यालय प्रशासन यसबारे सूचना दिन आलटाल गरिरहेको छ । विद्यालयले अभिभावकहरुको सोझोपनको मौकाको फाइदा उठाउदै निजी विद्यालय सञ्चालकहरुले कानून विपरित प्रति विद्यार्थीहरुबाट भर्ना शुल्क देखि मासिक शुल्क र विभिन्न शिर्षकमा मनपरी शुल्क उठाइ रहेका छन् ।
बालबालिकाले गुणस्तरिय शिक्षा लिन पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । चर्को शुल्कका कारण गरीव र जेहेन्दार विद्यार्थीले ठूला र नाम चलेका स्कुल प्रवेश पाउन पनि अत्यन्तै कठीन छ ।
शुल्कका नाममा शिक्षा क्षेत्रमा बेथिति देखिएको ललितपुर महानगरपालिका शिक्षा शाखाका अधिकृत नवराज रिजालले बताए । ‘नाम चलेका विद्यालयले लिने चर्को शुल्क अस्वाभाविक छ,’ रिजालले भने, ‘लिभिङ स्टोन एकेडेमीले विभिन्न बहानामा विद्यार्थीलाई चर्को आर्थिक व्ययभार पर्नेगरी शुल्क लिएको पाइए त्यस विद्यालयलाई छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउँछौं।’
शिक्षा क्षेत्रको लुटमा नियमनकारी शिक्षा कार्यालय, विभाग, मन्त्रालय मूकदर्शक बनेको सरोकारवाला बताउँछन्। कानून विपरित तोकिए भन्दा बढी शुल्क लिए अनुगमन टोलिले विद्यालयलाई कारवाही गर्न सक्ने स्थानीय तहका अधिकारीको भनाई छ । Ratopati News



