खेलकुद

बेल एमएलएस क्लब लस एन्जलसमा जाने

एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी मेजर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) मा अनुबन्धित हुने पक्का भएको छ । २९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएका हुन् ।

स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए । रियलका उत्कृष्ट खेलाडीमध्ये एक रहेका उनी पछिल्लो समय भने पहिलो रोजाईमा पर्नमा संघर्षरत थिए ।

पाँच पटकको च्याम्पियन्स लिग विजेता बेल आफ्नो पुर्व क्लब टोटेनहम हटस्पर वा घरेलु क्लब कार्डिफमा अनुबन्ध हुने हल्ला चलेको थियो । एलएले अझै पनि बेल क्लबमा आउने बारेमा पुष्टि गरेको छैन । तर, बेलले शनिबार ट्वीट गरे, ‘लस एन्जलस, चाँडै भेटौं ।’

सन् २०१३ मा क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा रियल म्याड्रिडमा आबद्ध भएका बेलले यस महिनाको शुरुमा इटालीका डिफेन्डर जर्जियो चिलिनीले जस्तै एमएलएस जाने पथ पछ्याएका छन् ।

वेल्स २०२२ को विश्वकपमा छनोट हुन नसकेको अवस्थामा खेल जीवनबाटै सन्यास लिने अनुमान गरिएको थियो । तर, रोबर्ट पेजको टोलीले यस महिनाको शुरुमा विश्वकप प्ले अफको फाइनलमा युक्रेनलाई हराएर कतार विश्वकपमा स्थान पक्का गरेपछि बेलको भविष्य कुन क्लबमा जानेछन् भन्नेमात्र थियो ।

बेलका एजेन्टले यस हप्ताको शुरुमा बेल च्याम्पियनसिप क्लब कार्डिफसँग छलफल भइरहेको बताएका थिए । तर, उहाँ एमएलएसतर्फ जाँदैछ । एमएलएस फेब्रुअरीदेखि अक्टोवरसम्म चल्छ । एमएलएसको खेलाडी सरुवा बजार ७ जुलाईमा खुल्छ ।

लस एन्जलस अमेरिकाका पुर्व अन्तर्राष्ट्रिय स्टिभ चेरुन्डोलोद्धारा व्यवस्थित गरिएको क्लब हो । एलएले लगातार १९ सिजन एमएलएस खेलेका छन् ।

एमएलएसको सिजनको अन्त्यपछि प्ले अफ हुनेछन् । एमएलएल कप फाइनल ५ नोभेम्वरमा हुनेछ । त्यसको १६ दिनपछि विश्वकप शुरु हुनेछ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button