मूल खबर

सेयर कारोबारमा ‘एओएन’ हट्ने

काठमाडौं

नेपाल धितोपत्र बोर्डले सेयर खरिद तथा विक्रीमा अल और नन् ‘एओएन’ सम्बन्धी व्यवस्था हटाउने भएको छ। सेयर बजार घटेको विरुद्ध आन्दोलित पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच आइतबार भएको कार्यान्वयन समितिको पहिलो बैठकमा भएको सहमतिबमोजिम एओएनको व्यवस्था हटाइने धितोपत्र बोर्डले जनाएको छ।

हाल सेयर बिक्रीमा अल और ननको व्यवस्था रहेको छ । यसै व्यवस्थाका कारण सेयर बजार निरन्तर घटिरहेको आन्दोलनकारीको भनाइ छ । साथै, उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरुलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय भएको पनि बोर्डले जनाएको छ।  कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button