
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीका पुर्व एजेन्ट सेजारी कुचार्स्कीले लेवान्डोस्कीको स्पेनिस ला लिगा खेल्ने चाहना नयाँ नरहेको र आँफू करिम बेन्जेमाभन्दा उत्कृष्ट रहेको प्रमाणित गर्न कटिबद्ध रहेको बताएका छन् ।
यस समर ट्रान्सफर विन्डोमा लेवान्डोस्की बार्सिलोनाको मुख्य लक्ष्यमा रहेको छ, तर बायर्न म्युनिखले बार्सिलोनाको योजनालाई गाह्रो बनाइरहेको छ ।
‘उनी बेन्जेमाभन्दा राम्रो छ भनेर प्रमाणित गर्न चाहन्छन्, यो उनी बार्सिलोना जान चाहनुको कारण हो ।’ कुचार्स्कीले रेडियो सेरलाई भने, ‘लेवान्डोस्कीको कुनै सपना छैन । उनको लागि फुटबल खेल्नु एउटा जागिर हो र उनी धेरै व्यवसायिक छन् । रियल म्याड्रिड र बार्सिलोना एक स्तरमा छन् ।’
अर्का वर्षको जुनसम्म सम्झतौ रहेको लेवान्डोस्की यो सिजन नै बार्सिलोनामा आउनेमा पुर्व एजेन्ट विश्वस्त छन् । ‘बार्सिलोना र लेवान्डोस्की यस अनुबन्धका लागि लड्दैछन् ।’ उनले भने, ‘मलाई लाग्छ उनी बार्सिलोनामा जाने योजनामा छ । मलाई लाग्छ यो सम्भव पनि छ ।’
कुचार्स्कीले यो पनि खुलासा गरे कि ला लिगा सान्टान्डरमा आफ्नो समयपछि लेवान्डोस्की अमेरिकी मेजर लिग सकर क्लबमा जानेछन् । लेवान्डोस्कीले आफ्नो सम्झौता अन्त्य गर्नको लागि बायर्नलाई दवाव दिनुपर्छ । बायर्नका पदाधिकारीलाई थाहा छ कि उनी स्पेन जान चाहन्छन् । उनले भने, ‘उनको योजना जर्मनी, त्यसपछि स्पेन र संयुक्त राज्य अमेरिकामा आफ्नो करिअर समाप्त गर्ने योजना छ ।’
जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहँदा बायर्नका कीर्तिमानी खेलाडी लेवान्डोस्कीलाई यसअघि नै स्पेनिस महारथी रियल म्याड्रिडले अनुबन्धको लक्ष्य बनाएपनि उनले जर्मनी मै बस्ने निधो गरेका थिए । जतिबेला रियलमा क्रिस्टियानो रोनाल्डोसँगै बेन्जेमा र ग्यारेथ बेलको जोडी जमेको थियो । तर, उनी यसपटक स्पेन आउने चाहनामा छन् ।
सन् २००९ देखि रियलमा रहेका बेन्जेमाले गत सिजन रियलमा आफ्नो करिअरकै उत्कृष्ट समय बिताएका छन् । त्यसअघि रोनाल्डोको छायामा रहेपनि उनले आफ्नो प्रदर्शनलाई एकरुपता दिन सफल भएका थिए । रोनाल्डाले २०१८ मा रोनाल्डोले रियल छाडेपछि उनी क्लबको मुख्य हतियार बनेका छन् ।हाम्रो खेलकुदबाट ।



