
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध हटाएको छ ।
फिफाले बिहीबार विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो । प्रतिबन्धपछि फिफाले मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो ।
फिफाले गठन गरेको नर्मलाइजेसन कमिटीले पीएफएफ पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाईएको जनाएको छ । यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएको फेरि प्रतिबन्ध गरिने जनाएको छ ।हाम्रो खेलकुदबाट ।




