खबर

प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा

काठमाडौँ।

गत असार १३ गतेबाट संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरूले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले मुख्यालयका सैन्य सल्लाहकार जेनरल बिरामे डिओप, अन्डर सेक्रेटरी जेनरल जिन पिएरी ल्याक्रोइक्स, अतुल खारे र रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका छन् ।

छलफलमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेको नेपाली सेनाले जनाएको छ ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button