
एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी एएस रोमाका मिडफिल्डर हेनरिक मिखटरयान इन्टर मिलानमा अनुबन्धित भएका छन् । उनी फ्रि ट्रान्सफरमा इन्टरमा अनुबन्धित भएका हुन् ।
३३ वर्षीय मिडफिल्डर हेनरिकको रोमामा सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो । क्लबले सम्झौताको कुनै चासो नदेखाएपछि उनी इन्टरमा पुगेका हुन् ।
उनी इन्टर मिलानबाट खेल्ने पहिलो अर्मनियाली खेलाडी बन्नेछन् । हेनरिकले रोमामा एक सिजन लोनसहित ३ वर्ष बिताएका छन् । उनले रोमाका लागि ११७ खेलमा २९ गोल गरेका छन् ।
अर्मेनियन क्लब पायोनिकबाट व्यवसायिक खेल करिअर सुरु गरेका हेनरिकले दुई सिजन युक्रेनी क्लब मेटारलर डोनेट्स्कमा बिताए । त्यसपछि उनले अर्काे युक्रेनी क्लब साख्तर डोनेट्स्कमा बिताए । त्यसपछि उनले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्ड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलमा व्यवसायिक खेल खेले ।
‘यस्तो महान क्लबमा सामेल हुन पाँउदा धेरै खुशी छु ।’ मिखटरयनले ट्वीट गरे, ‘मेरो सक्दो प्रयास गर्नेछु र टोलीलाई हाम्रो लक्ष्यहरु प्राप्त मेरो सबै सहयोग रहनेछ ।’
इन्टरको नयाँ सिजनमा यो चौथो अनुबन्ध हो । यसअघि इन्टरले चेल्सीबाट फरवार्ड रोमेलु लुकाकु, आयाक्सबाट गोलरक्षक आन्द्रे ओनाना, इम्पोलीबाट मिडफिल्डर क्रिस्टजन अस्लानी अनुबन्ध गरिसकेका छन् ।हाम्रो खेलकुदबाट ।



