मूल खबर

रामेछापमा बस दुर्घटना : ११ जनाको मृत्यु

न्युज अफ नेपाल
काठमाडौं ।

रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ। मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार लुभुघाटमा बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा थुप्रै हताहत भएका छन् भने दुर्घटनामा घाइतेको स्थानीयले उद्दार गरिरहेका छन् । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button