
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खरिदमा देखिएको समस्याको समाधानका लागि आयल निगमलाई ७ अर्ब ऋण उपलब्ध गराउने भएको छ । पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले ऋण उपलब्ध गराउने भएको हो ।
गत असार ३१ मा बसेको मन्त्रिपरिषद् बैठकको गरेको निर्णयअनुसार निगमलाई सरकारले ७ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ऋण उपलब्ध गराउनेबारे जनाकारी दिएका हुन् ।
पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समयोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपियाँ भने अनुदा स्वरूप उद्योग मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री कार्कीले जानकारी दिए ।न्युज अफ नेपाल



