खेलकुद

बेल्जियमको जित, फ्रान्स रोकियो

एजेन्सी – महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

दमदार सुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

एसिल न्यूयोर्क स्टेडियम रोदरह्याम साउथ योर्क सायरमा सोमबार राति भएको खेलमा फ्रान्सले खेलको पहिलो मिनेटमा नै मेल्भिन मालार्डको गोलबाट अग्रता लिएको थियो । उनले क्लारा माटियोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि फ्रान्सको दुई गोलले भिएआरबाट मान्यता पाएन । ६८औं मिनेटमा मेल्भिनले गोल गरेपनि उनी अफसाइड ठहरिइन् । ८८औं मिनेटमा ग्रेस जियोरोले गोल गरेपनि उक्त मुभमा उनले ह्यान्ड गर्न पुगेको थियो ।

तर, फ्रान्सले त्यो अग्रतालाई अन्तिम समयमा जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डाग्नीले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाएपनि अर्काे खेलमा बेल्जियमले सफलता हात पार्दा आइसल्यान्ड समूह चरणबाटै बाहिरिन पुग्यो ।

यही समूहको अर्काे खेलमा बेल्जियमले इटालीलाई १–० ले पराजित गरेपछि आइसल्यान्डलाई पछि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बेल्जियमको जितमा टिन डि केइगनीले ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

समूह ‘डी’ को समूह चरणको अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्काे क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button