खबर

युभेन्ट्सका डिफेन्डर बायर्नमा अनुबन्धित

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका डच डिफेन्डर म्याथ्थिज डि लेग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । बायर्नले २२ वर्षीय युवा डिफेन्डर म्याथ्थिज डि लेग्टलाई क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

बायर्नले डिफेन्डर डि लेग्टलाई ५ वर्षको लागि ७७ मिलियन युरो (६५.६ मिलियन पाउन्ड) खर्चिएको छ । अब उनी २०२७ सम्म एलिएन्ज एरिनामा रहनेछन्। डि लेग्ट सन् २०१९ मा डच क्लब आयाक्सबाट ५ वर्षको लागि ३६ पटकको सिरी ‘ए’ च्याम्पियन युभेन्ट्समा आबद्ध भएका थिए ।

उनले युभेन्ट्समा तीन सिजन बिताउँदै अन्यत्र क्लब रोजेका हुन् । डि लेग्टले युभेन्ट्सबाट ११७ खेल खेल्दा एक पटक सिरी ‘ए’ र एक पटक कोपा इटालिया जितेका छन् ।

‘म यो महान् क्लबको खेलाडी बन्न पाँउदा धेरै खुशी छु ।’ डि लेग्टले भने, ‘एफसी बायर्न जर्मनीको सबैभन्दा सफल क्लब हो, युरोप र विश्वको सबैभन्दा सफल क्लबमध्ये एक हो । म धेरै खुशी छु कि म अब बायर्नको एक हिस्सा बनेको छु ।’

डि लेग्ट मोटो रकमाा बायर्नमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि बायर्नले सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट डिफेन्डर लुकास हर्नान्डेजलाई ८० मिलियन युरो खर्चिएको थियो ।

यस्तै डि लेग्ट बायर्नमा अनुबन्ध हुने दोस्रो डच खेलाडी बनेका छन् । यसअघि बायर्नले मिडफिल्डर रायन ग्रेभेनवर्चलाई क्लबमा अनुबन्ध गरिसकेको छ ।

बायर्नले लिभरपुलबाट फरवार्ड साडियो माने र आयाक्सबाट राइट ब्याक नोसाइर माजराउईलाई पनि अनुबन्ध गरिसक्दा फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा बार्सिलोनामा बेचेको छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button