खेलकुद

स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको गोल सान्त्वना बन्यो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा स्थर गोन्जालेजको गोलबाट स्पेनले सुरुवाती अग्रता लिएको थियो । उनले एथेनिया डेल कास्टिलोको पासमा गोल गरेकी थिइन् । तर, त्यो अग्रतालाई स्पेनले जोगाउन सकेन ।

८४औं मिनेटमा एला टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले एलसिया रुस्सोको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको छैटौं मिनेट अर्थात ९६औं मिनेटमा जर्जिया स्टानवेले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा २–१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड पूनरागमन जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो । घरेलु टोलीमाथि बल पोसेसन राखेपनि स्पेन फिनिसिङमा चुक्दा क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button