कला

सपना र समस्याबीचको पुल प्रकाश

न्युज अफ नेपाल
प्रसादजस्तो सामाजिक फिल्म बनाएर वाहवाही कमाएका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको अर्को सामाजिक फिल्म प्रकाशको मन छुने ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी भाद्र १० गते नेपालभर रिलिज हुने फिल्मको ट्रेलर मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। २ मिनेट १४ सेकेन्डको ट्रेलरमा सशस्त्र द्वन्द्वको मार्मिक कथा प्ररस्तुत गरिएको छ भने प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतलाई देखाइएको छ।

ट्रेलरमा दुर्गम क्षेत्रको एक युवकले सरकारी शिक्षक बन्न गरेको संघर्ष र सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पति र बाबुको पर्खाइमा रहेकी नारी र छोराको मार्मिक कथा छ। ट्रेलरमा सशस्त्र द्वन्द्व कालमा जुम्लाका नागरिकले भोग्नुपरेको आर्थिक र सामाजिक विभेदलाई पनि उत्तिकै स्थान दिइएको छ। सपना र समस्याबीचको पुल तर्न गर्ने संघर्षका माध्यमबाट नेपालको शासकीय व्यवस्थाप्रति प्रश्न खडा गरिएको ट्रेलर सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा वर्गीय द्वन्द्वको कथा पस्केको छ।

प्रायः फिल्ममा माया प्रेमबाट कायल बनाउने प्रेमीको रूपमा देखिँदै आएका अभिनेता प्रदीप खड्का एक संघर्षशिल युवाको फरक भूमिकामा छन् भने दीया सशस्त्र द्वन्द्वमा बिछोडिएका पतिको पर्खाइमा बसेकी पीडित नारीको भूमिकामा छिन्। प्रदीप, दीया, रेनु योगी, प्रकाश, राजनका साथमा फिल्ममा रामबाबु रेग्मी, निरज पन्थी, लोकेन्द्र लेखक, हुम बीसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारले अभिनय गरेका छन्।

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक राउतले प्रकाश जुम्ला मात्र नभई देशकै यथार्थ भएको बताए। अभिनेता खड्काले फिल्म प्रकाशको भूमिकाबाट आप्mनो कलाकारिताको पुनर्जन्म भएको दाबी गर्दै आप्mना लागि प्रकाशको भूमिका चुनौतीपूर्ण रहेको बताए। ‘यसमा फरक पात्रमा काम गरेका कारण कसैले राम्रो गरिस् वा नराम्रो गरिस् भने मैले ट्राइ गरेँ भनेर खुसी हुन्छु।

तर, पोस्टर सार्वजनिक भएदेखि नै प्राप्त प्रतिक्रियाले उत्साह थपेको छ’ प्रदीपको भनाइ थियो ‘फिल्म व्यावसायिक रूपमा पनि सफल भए यो जर्नी पूरा हुनेछ। मैले यो फिल्मसँगै हिरोबाट कलाकार बन्ने ट्राइ गरेको छु। फिल्मी हिरोको परिभाषामा फिट भएर चलचित्रमा लागे पनि सबै हिरो कलाकार नहुन पनि सक्दो रहेछ भन्ने बुझेर यसपटक कलाकार बन्न खोजेको छु।’ अभिनेत्री मास्केले यो फिल्म आप्mनो करिअरकै कठिन प्रोजेक्ट रहेको दाबी गरिन्।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्ममा विकास सुवेदीको कथा, सुवास भुसाल, तारा प्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत, राजेश श्रेष्ठले छायांकन र जीवन थापाको सम्पादन रहेको छ। अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मको छायांकन जुम्लाका विकट र मनोरम स्थलमा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button