खेलकुद

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक बनेका छन्।

माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् ।

यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ ।

मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा भने हार बेहोरेको छ ।

दुई खेल अगावै च्याम्पियन बनेको माजियाले लिगको अन्तिम खेलमा क्लब इगलमाथि ५–० को फराकिलो जित निकाल्न सफल भयो । माजियाको फराकिलो जितमा असादुल्ला अब्दुल्लाले दुई तथा इब्राहिम वाहिद हसन, नेइज हसन र हम्जा मोहम्मेदले समान एक गोल गरे ।

माजियाले दोस्रो स्थानको क्लब इगललाई १४ अंकले पछि पा¥यो । जितसँगै माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको क्लब इगले ४६ अंक जोड्यो ।

माजियाले लगातार तेस्रोपटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ । समग्रमा माजियाको यो चौथो लिग उपाधि हो । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button