कप्तान सेसर चेल्सी रहने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका कप्तान सेसर एज्पिलिक्वेटाले क्लबमा नयाँ सम्झौता नविकरण गरेका छन् । सेसरले सन् २०२४ सम्म क्लबमा नयाँ सम्झौता गरेका हुन् ।
क्याटलान क्लब बार्सिलोना जाने चर्चाकाबीच राइट ब्याक सेसर क्लबमा थप दुई वर्षको नविकरण गरेका हुन् । उनको सम्झौता अझै १ वर्ष बाँकी रहँदा बार्सिलोनाले जाने चर्चा चलेको थियो ।
स्पेनिस राइट ब्याक सेसर सन् २०१२ मा फ्रान्सेली क्लब मार्सेबाट चेल्सीमा आएका थिए । त्यसयता उनले चेल्सीका लागि ४७६ खेलमा १७ गोल गरेका छन् ।
‘म साँच्चै माया महसुस गर्छु र हामी हाम्रो हातमा रहेको नयाँ परियोजनाका लागि उत्साहित छु ।’ सेसरले भने, ‘म साँच्चै हाम्रो साहसिक कार्य जारी राख्न तत्पर छु । म टोलीको कप्तान हुँ र मलाई आशा छ कि हामीसँग धेरै राम्रो सम्झनाहरु छन् ।’
एज्पिलिक्वेटाले चेल्सीसँग हरेक प्रतियोगिताको उपाधि जितेका छन् । प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जित्ने ६ खेलाडीमध्ये उनी एक हुन् ।
३२ वर्षीय सेसरले स्पेनका लागि ४० खेल खेल्दा एक गोल गरेका छन् । उनी सन् २०१३ देखि स्पेनको टोलीमा रहेका छन् ।हाम्रो खेलकुदबाट ।