खेलकुद

बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी उपाधि

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० को सानदार जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।

बार्सिलोनाको सानदार जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

जोन ग्याम्पर ट्रफीमै बार्सिलोनाको महिला टोलीले २३ अगस्टमा फ्रान्सेली मोन्टपेलिएरसँग खेल्नेछ । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ । गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो ।

एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्ट्स, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एक पटक उपाधि जितेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button