मूल खबर

झापा क्षेत्र नं १ मा आचार्यको चर्चा

मेचीनगर । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आकांक्षीहरु मौन जस्ता देखिए पनि समर्थकहरुले भने आफ्ना उम्मेद्वारहरुको चर्चा शुरु गरि सकेकाछन् । पछिल्लो पटक झापाको क्षेत्र नं १मा प्रतिनिधि सभाका लागि मेचीनगरका निर्वतमान मेयर बिमल आचार्यको चर्चा शुरु भएको छ । यो क्षेत्रमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उम्मेद्वारीको चर्चा काँग्रेस वृत चलिरहेकै बेला आचार्यको समेत उम्मेद्वारीका विषयमा सामाजिक सञ्जालमार्फत उनका शुभ चिन्तक र समर्थकहरुले उनको उम्मेद्वारीका बारेमा आफ्ना धारणा राख्न शुरु गरेकाछन् ।

शालिन र सहयोगी व्यक्तिका रुपमा परिचय बनाएका आचार्यलाई क्षेत्र नं १ मा उम्मेद्वार बन्न आचार्यका समर्थकहरुले सामाजिक सञ्जाल मार्फत अपिल समेत गरेकाछन् । काँग्रेस महामन्त्री शर्मा यस क्षेत्रबाट उम्मेद्वार बन्न सक्ने राजनीतिक अनुमान भइरहेका बेला आचार्यको उम्मेदवारीको चर्चा भए पनि निवर्तमान मेयर आचार्यले भने सार्वजनिक रुपमा आफ्नो धारणा राखेका छैनन् ।तर, कतिपय अन्य राजनीतिक दलका स्थानीय कार्यकर्ता र समर्थकहरुले समेत आचार्यको उम्मेद्वारीको चर्चा चलिरहदा अप्रत्यक्ष मौन समर्थन गरेको भने पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button