
एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ । इन्टरले घरेलु मैदानमा स्पेजियामाथि ३–० को सहज जित हात पारेको हो ।
मिलानो इटालीमा शनिबार राति भएको खेलमा इन्टरको सहज जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले अग्रता लिन सफल भयो । उनले रोमेलु लुकाकुको पासलाई सदुपयोग गरे । ५२औं मिनेटमा हकानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।
त्यसपछि ८२औं मिनेटमा जोआकिन कोरेआले इडेन जेकोको पासमा गोल गर्दै टोलीको जित पक्का गरे । लगातार दोस्रो जितसँगै इन्टर ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेजिया ३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
यस्तै टोरिनो र लाजियो तथा उडिनेस र सालेरनिटानाले गोलरहित बराबरी खेल्दा सस्सुलोले लिसलाई १–० ले पराजित गरेको छ ।हाम्रो खेलकुदबाट ।



