खबर

जोखिम बढाउँदै ‘रिसाइकल’सिम

काठमाडौं
सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् ।

सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबारपछिको एसएमएस पनि त्यसैमा गइरहेको छ । दाहालका यस्ता गोप्य विवरणमा अहिले अपरिचित व्यक्तिको स्वतः पहुँच बनेको छ ।

काठमाडौँका समीर सिंह कपालीले एनसेलको नम्बर राखेर खोलेको फेसबुकमा पछि आफैँले पहुँच पाएनन् । एक वर्षसम्म रिचार्ज नगरेपछि उक्त नम्बर अरूलाई नै बिक्री भएको उनले त्यतिबेला थाहा पाए । आफ्नो पहिलेको फेसबुक प्रयोग गर्न वन टाइम पासवर्ड (ओटीपी)का लागि गरेको प्रयास असफल भएपछि मात्र उनले यो थाहा पाए ।

काठमाडौँकै अतुलराज पाण्डेले एनसेलको सिम प्रयोग गरेर खोलेको ईसेवा एकाउन्टमा पनि उनको पहुँच छैन । आफ्नो सिमकार्ड अरूले नै प्रयोग गरेको थाहा पाएपछि तत्कालै उनले बैङ्कमा सम्पर्क गरेर उक्त नम्बरसँग खातालिङ्क नगरिदिन आग्रह गरे तर ईसेवामा आफूले राखेका व्यक्तिगत विवरणमा अहिले पनि अरू कसैले पहुँच पु¥याउँछ कि भन्ने डर उनलाई अझै छ ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button