खेलकुद

भारतलाई साफ च्याम्पियनसिप खेल्न बाटो खुल्यो

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेसँगै यसै महिना दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतलाई बाटो खुलेको छ । फिफाले भारतलाई निलम्बन गरेको दुई साता पनि नबित्दै शुक्रबार फुकुवा गरेको हो ।

साफ च्याम्पियनसिपको साविक विजेता समेत रहेको भारतलाई अब उपाधि रक्षाको मौका मिलेको छ । भदौ २१ देखि असोज ३ गते सम्म हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ । यद्दपी यो विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आधिकारिक निर्णय गर्न बाँकी रहेको छ । अगष्ट २३ सम्म भारतको अवस्था के हुनु भन्ने विषयमा प्रतीक्षा गर्ने साफले यसअघि निर्णय गरेको थियो । तर‌ हालसम्म निर्णय नगरेपछि अब भने भारतलाई बाटो खुलेको हो ।

च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारतसँगै समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।
भारत च्याम्पियनसिपको साविक विजेता हो । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ९ खेल तथा २ सेमिफाइनल र फाइनल गरि साफमा १३ खेल हुनेछन् ।

कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो । भुटानी फुटबल टोली भने बिहीबार नै काठमाडौं आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button