
सुरुङ्गा । झापाको झापा गाउँपालिका–६ चन्द्रबस्तीका नाइके हस्दाले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।
गएराति करिब ९बजे मादक पदार्थ सेवन गरी आएका ४० वर्षिय हस्दाले आफ्नै श्रीमती ३५ वर्षिया तालामाई हस्दालाई धारिलो छुरी प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । घटनापछि हस्दा फरार भएका थिए ।उनलाई आज बिहान ८ बजे कचनकवल १ को नेपाल भारत सीमामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।
हस्दाले मादक पदार्थ सेवन गरी घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा घरको आँगनमा श्रीमतीको कोखामा छुरी प्रहार गरेको बताइएको छ ।



