खेलकुद

ग्रिजमनको गोलमा एट्लेटिको विजयी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा दोस्रो जित निकालेको छ । एट्लेटिकोले भ्यालेन्सियालाई १–० ले पराजित गरेको हो ।

भ्यालेन्सियामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा ग्रिजमनले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा थोमस लेमारको पासमा गोल गरेका थिए ।

त्यसअघि खेलको २३औं मिनेटमा युनुस मुसाहको गोलले मान्यता नपाउँदा घरेलु टोली भ्यालेन्सिया अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफमा गोल बेहोरेपछि भ्यालेन्सियाले पाहुना टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै एट्लेटिको ३ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया ३ अंक जोडेर १४औं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button