मूल खबर

पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

काठमाडौं
जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन्।

सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर-पश्चिममतर्फ रहेका यी बस्तीका मतदाताले पहिलोपटक गाउँमै भोट खसाल्न लागेका हुन् । निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र राखेर त्यहाँका मतदातालाई ऐतिहासिक अवसर दिएको हो। आयोगको यो निर्णयसँगै गाउँका धेरैले जीवनमै पहिलोपटक मतदान गर्दैछन्।

सिन्धुको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका-३ स्थित तेम्बाथान र तेगावासी यसअधिका निर्वाचनमा भने सामलतुमल बोकी भोट खसाल्न आधा दिन पैदल हिँडेर वडाकै गुम्बामा आउन बाध्य थिए। यी दुर्गम गाउँबाट गाउँलेको प्रतिनिधित्व गरेर केही मतदाता मात्र मतदानका लागि आइपुग्थे।

‘आयोगले बल्ल दुर्गमको पीडा सुन्यो,’ वडाध्यक्ष लक्ष्मण लामा दोङले भने, ‘मतदान केन्द्र पार्न कम्ता पापड पेल्नुपरेन ।’

गाउँमै भोट खसाल्न पाउने खबरले तेम्बाथान र तेगावासीमा खुसियाली छाएको उनले बताए । उनका अनुसार नयाँ र पुरानासमेत धेरै मतदाता गाउँमै पहिलोपटक भोट खसाल्ने दिनको प्रतीक्षामा छन्।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button