मूल खबर

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौं
विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।

इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो।

आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका अनुसार आठ हजार मिटरभन्दा अग्लो हिमालबाट पहिलो पटक प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन हुन लागेको हो।

यस कामले मनास्लुमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान, हिमाली पर्यटनको प्रवद्र्धन, साहसिक खेलको सम्भावना उडान र अवतरणका लागि उपयुक्त ठाउँको खोजी, प्राविधिक अध्ययनको खोजी गर्न लागिएको उनले बताए ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button