खबर

धाइजन बजारमा सरसफाइ तथा शुभकामना आदान प्रदान

धाइजन ः सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस र नजिकिँदैं गरेको चाडपर्वको अवसर पारेर मंगलबार झापाको मेचीनगर— १४ स्थित धाइजन बजारको सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार ‘पर्यटनको लागि पुनर्विचार’ ‐‘रिथिङ्किङ टुरिज्म’) भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाइ्रएको छ ।

स्थानीय रामनगर टोल विकास संस्था र धाइजन बजार व्यवस्थापन समितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक व्यक्तिले आ आफ्नो घरआगन सफा राख्नुपर्ने बताइन् ।

पछिल्लो समय फोहोरमैला व्यवस्थापनमा प्लाष्टिक निक्कै चूनौती भएको भन्दैं उनले हरेक नगरवासीले अब उप्रान्त कुहिने र नकुहिने फोहोर अलग अलगरुपमा संकलन गर्नुपर्ने सुझाँव दिनुभयो । मेचीनगर नगरपालिकाले नगरलाई प्लाष्टिकमुक्त नगर बनाउने योजनाका काम गरिरहेको भन्दैं यो अभियानमा हरेक नगरवासीले साथ सहयोग र स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने उपप्रमुख उप्रेतीले बताइन् ।

विश्व पर्यटन दिवसका बारेमा आफ्नो धारणा राख्दैं उपप्रमुख उप्रेतीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका स्थानीय सरकार लागि परेको पनि बताइन् ।

धाइजन बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेम सावाँको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले चाडपर्वका नाममा विकृतिकिसंगति नभई कला, संस्कृति र रितीरिवाजलाई बचाई राख्ने गरी मनाउनुपर्नेमा जोड दिएका थिए । धाइजनक्षेत्रमा आपराधिक गतिविधिलाई कम गर्न प्रहरी बीट धाइजनमा २४ सै घण्टा प्रहरी प्रशासनको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका थिए ।

सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर वडानम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, रामनगर टोल विकास संस्थाका उपाध्यक्ष टीका शिवाकोटी, लगायतले बालेका थिए । प्रहरी चौकी चारआली, जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु, विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरुको सहभागिता थियो । पूर्व जनप्रतिनिधि तथा रामनगर टोल विकास संस्थाका अध्यक्ष सुरेश बुढाथोकीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button