न्युज अफ नेपाल
सल्यान ।
सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न नसकेको कपुरकोटको प्रहरी कार्यलयले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ । सल्यानका कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको र विस्तृत विवरण केहीबेरमा बाहिर आउने जानकारी दिएका छन् ।



