
मेचीनगर । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि झापा क्षेत्र नं १को ‘क’बाट गोपाल तामाङ्ग र ‘ख’बाट श्यामबीर लिम्बुको उम्मेद्वारी पक्का भएको छ । उनीहरु प्रदेशसभाका लागि गठबन्धनकोतर्फबाट उम्मेद्वार बनेकाछन् ।आम जनमानसमा अबको नेतृत्व युवाले लिनु पर्ने आवाज उठीरहेको बेला गठबन्धनले प्रदेशसभाका लागि स्थानीय स्तरमा सामाजिक अगुवाका रुपमा समेत परिचति युवाहरुलाई चुनावी मैदानमा उतारेको छ । गोपाल नेपाली काँग्रेसका हुन् भने श्यामबीर माओवादी केन्द्रका हुन् । प्रदेशसभाका लागि आफ्नो उम्मेद्वारी पक्का भएका उनीहरुले चौतारी पोष्ट अनलाइनलाई सक्षिप्त प्रतिकृया दिदै जनचाहना अनुरुप गठबन्धनले आफ्ना उम्मेद्वार जनसेवाका लागि तयार गरेको बताए ।



