मूल खबर

उम्मेद्वारी मनोनयनका लागि गठबन्धनको तयारी पुरा दिउँसो १ बजे जाने

काँकरभिट्टा । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि झापा क्षेत्र नं १को प्रतिनिधि र प्रदेशसभाका लागि गठबन्धनका तर्फबाट दिउँसो १ बजे मनोनयन गरिने बुझिएको छ । नेकपा(एकीकृत समाजवादी)का मेचीनगर सचिव हरि तिम्सिनाका अनुसार क्षेत्र नं १ को प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वारहरुको उम्मेद्वारी मनोनयन क्षेत्र नं १ को निर्वाचन कार्यालय मेचीनगरमा संयुक्त रुपमा गएर गरिने उनले बताए ।उनका अनुसार प्रतिनिधि सभाका लागि गठबन्धनकातर्फबाट विश्वप्रकाश शर्मा रहेकाछन् भने प्रदेशसभाका लागि १बाट गोपाल तामाङ्ग र २बाट श्यामबीर लिम्बु उम्मेद्वारको रुपमा रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button