खेलकुद

तीन गोलले मान्यता नपाएपनि रियल म्याड्रिडको सानदार जित

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट तीन गोलले मान्यता नपाएपनि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ ।

रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाले गोल गरे ।

इल्चेमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ११औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

२६औं मिनेटमा डेभिड अलाबाले गोल गरेपनि पुन भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा रियलले अग्रता दोब्बर पार्न सकेन । ६१औं मिनेटमा करिम बेन्जेमाको अर्काे गोल पनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

भिएआरबाट दुई गोलले मान्यता नपाएपनि बेन्जेमाले ७५औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियललाई सानदार जित दिलाए ।

एसेन्सियो ८०औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका थिए । उनले मैदान छिरेको नवौं मिनेटमा गोल गर्न सफल भएका हुन् ।

यस जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । अपराजित रहेको रियलको १० खेलबाट २८ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २२ अंक छ । समान १० खेल खेलेको रियल सोसिडाड २२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ।

ला लिगामै रियल सोसिडाडले मलोर्कालाई १–० ले तथा रियल भालाडोलिडले सेल्टा डि भिगोलाई ४–१ ले पराजित गर्दा क्याडिज र रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button