खेलकुद

मेस्सी र एमबाप्पे चम्कदा पिएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ ।

शीर्षस्थानमा रहेको पिएसजीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसी एजासियोलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । मेस्सीले दुई असिस्ट दिदा एमबाप्पेले एक असिस्ट प्रदान गरे ।

एजासियोमा शुक्रबार राति भएको खेलको २४औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो गोलको लागि भने पिएसजीले खेलको अन्तिम समय नै कुर्नप¥यो । ७९औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि एमबाप्पेले मेस्सीकै पासमा गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाए ।

यस जितसँगै अपराजित रहँदै शीर्षस्थानमा रहेको पिएसजीको १२ खेलबाट ३२ अंक पुगेको छ । पिएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ ।

पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ । लोरिएन्टले एक खेल कम खेलेको छ । पराजित एजासियो ८ अंक जोडेर १८औं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button