खबर

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

न्युज अफ नेपाल
बारा ।

बारामा हात्तीको आक्रमण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा बस्ने ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको हो ।

जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले जनकारी दिए ।

आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्युकोडीएसपीतिमिल्सेनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button